कोविड़ बङ्गाल: कोरोना फेरि भयंकर हुंदै

आज कोरोनाको १,४२४ नयाँ मामिला, २९६ जना भए कोरोनामुक्त

कोलकाता: राज्य स्वास्थ्य मन्त्रालयद्वारा जारी आकडाअनुसार, गत २४ घण्टमा पश्चिम बङ्गालमा कोरोनाको मोठ १,४२४ नयाँ मामिला अघि आएको छ भने आज यस रोगले कसैको मृत्यु भएन। यसरी नै यस अवधिमा २९६ जना कोरोनामुक्त पनि भएको छन्।

हालसम्म बङ्गालमा २०,२७,९०१ जना कोरोनाले संक्रामित भएको छन् भने २०,००,७९८ जना यो रोगबाट निको पनि भएको छन्। यसरी नै अहिलेसम्म कोरोनाले कुल २१,२१६ जनाले जान गुमाएको छ।

स्वास्थ्य मन्त्रालयद्वारा जारी आंकडाअनुसार, गत २४ घण्टमा ११,१७६ जनाको कोरोना परीक्षण गरिनेको साथ अहिलेसम्म कुल २५,५४५,३९६ जनाको परीक्षण भएको छ।

राज्यमा गत २४ घण्टको रिकवरी दर ९८.६६℅ र सकारात्मक दर १२.७४℅ दर्ता गरिएको छ। अहिलेसम्म, राज्यमा कुल ६३,४०५,८६२ जनाले कोरोना रोधिको पूर्ण खोप लगाइ सकेको छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement