दलसिंहपाडा: जयगाउँ थाना अधिनस्त दलसिंहपाडा ग्राम पञ्चाय जयगाउँ -१ जयगाउँ -२ ग्राम पञ्चायतलाई समेटेर जिल्ला परिषदको निर्दलीय उम्मेदवारका निम्ति नोमिनेसन भरेपछि प्रशान्त थुलुङ हाल प्रचार प्रसारमा व्यस्त देखिन्छन्। हरेक घर दैलोमा पुगी भोट अपिल गरिरहेका छन्। प्रचार-प्रसारको क्रममा मानिसहरूको राम्रो सहयोग पाइरहेको बताउँदै सबैले विश्वास गरेको हुँदा मेरो जित निश्चित हुने कुरामा आशाबादी रहेको बताए। विजयपछि गाउँमा विकासको मुल फुटाउने पनि तिनले बताए।