सिलगढी: सत्तारुढ दलले कमता सांस्कृतिक समाजको साइनबोर्ड र कार्यालयमा तोडफोड गरेको आरोप लगाइएको छ। घटना सार्वजनिक हुनासाथ क्षेत्रमा सनसनी फैलिएको छ। घटनामा कमता सांस्कृतिक समाजका सदस्यहरू पुलिसमा पुगेका थिए । तर सत्तारुढ दलले भने आरोपको खण्डन गर्दै आएको छ। घटना माटिगढा ब्लकको ठिकनिकटा कावखली क्षेत्रमा भएको हो। कमता सांस्कृतिक समाजको लामो समयदेखि सो क्षेत्रमा कार्यालय छ। सत्तारुढ दलका नेता तथा कार्यकर्ताको सहयोगमा केही स्थानीयवासीले रातिको अँध्यारोमा कमता सांस्कृतिक समाजको साइनबोर्ड र कार्यालय भवनमा तोडफोड गरेको बताइएको छ। तर सत्तारुढ दलको नेतृत्वले बुधबार उक्त आरोपको खण्डन गरेको छ। घटनापछि मेडिकल पोष्टमा लिखित उजुरी परेको कमता सांस्कृतिक समाजका अध्यक्ष अनुप रोयले बताए। उनले दोषीलाई तत्काल पक्राउ नगरे लोकतान्त्रिक मार्गमा ठूलो आन्दोलन गर्ने चेतावनी दिए । अर्कोतर्फ माटिगढा १ निर्वाचन क्षेत्रका तृणमूल कांग्रेसका अध्यक्ष हरेन्द्रनाथ बर्मनले सबै आरोपहरूलाई अस्वीकार गर्दै घटनामा तृणमूल कांग्रेसको कुनै सदस्य संलग्न नभएको बुधबार भने।