कोविड़ सिक्किम: राज्यमा कोरोना संक्रमण फेरि बढ्दै

आज कोरोनाको ६ नयाँ मामिला, १ जना भए कोरोनामुक्त, १ को मृत्यु

गान्तोक: राज्यमा कोरोनाको नयॉं मामिला फेरि बढ्न थालेको छ। आज राज्यमा कोरोनाको ६ वटा नयाँ मामिला अघि आएको र १ जना कोरोनामुक्त भएर सामान्य जीवनमा फर्किएको राज्य स्वास्थ्य विभागद्वारा जारी गरिएको रिपोर्टमा उल्लेख गरेको छ। यसरी नै आज यो रोगले १ जनाको मृत्यु पनि भएको छ।

स्वास्थ्य विभागले जानकारी गराए अनुसार हिजो कूल १७२ जनाले कोरोना जाँच गरेको मा, पूर्व जिल्लाबाट ६ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ। विभागले जारी गरेको कोरोनाको आंकडा अनुसार हाल राज्यमा उपचारधीन रहेका कोरोना रोगीहरूको संख्या बढ़ेर २६ पुगेको छ।

अहिलेसम्म राज्यमा ३७,९८९ जना यस रोगलाई जितेर स्वास्थ्य लाभ लिइरहेका छन् भने वर्ष २०२० देखि अहिलेसम्म ३९,२२४ जना कोरोना संक्रमित बनिसकेका छन्। हालसम्म यस रोगको कारण हालसम्म ४५४ जनाको मृत्यु भइसकेको छ।

About Author

Advertisement