५ जुलाईः दुईपल्टकी ओलम्पिक पदक विजेता भारतकी पीभी सिन्धु ताजा बीडब्ल्यूएफ ऱ्यांकिंगमा तीन स्थान झरेर १५औं स्थानमा पुगेकी छन्। लगातार खराब प्रदर्शनले गर्दा यस साल अप्रेलमा शीर्ष दशबाट बाहिर हुने सिन्धुसँग १३ वटा टुर्नामेण्टमा ५१०७० पोइण्ट्स रहेको छ। सिन्धुले यस हप्ता कनाडा ओपन सुपर ५०० टुर्नामेण्टमा हिस्सा लिनछिन्। गत वर्ष राष्ट्रमण्डल खेलहरूका अवधि कुरकुच्चामा फ्र्याक्चरपछि उनी पाँच महिनासम्म खेलदेखि बाहिर रहेकी थिइन्। उनी यस सीजनमा म्याड्रिड स्पेन मास्टर्स सुपर ३०० टुर्नामेण्टको फाइनल अनि मलेशिया मास्टर्स सुपर ५०० टुर्नामेण्टको सेमिफाइनलमा पुगेकी थिइन्। यसरी सात्विकसाईराज रंकीरेड्डी र चिराग शेट्टीको जोड़ी पुरुष युगल ऱ्यांकिंगमा तेस्रो स्थानमा रहेको छ। पुरुष एकलमा एचएस प्रणय आठौं स्थानमा रहेका छन् जबकि लक्ष्य सेन १९औं अनि किदाम्बी श्रीकान्त २०औं स्थानमा छन्। महिला युगलमा त्रिसा जली र गायत्री गोपीचन्दकी जोड़ी एक स्थान झरेर १७औं स्थानमा पुगेको छ। पुरुष युगलमा एमआर अर्जुन र ध्रुव कपिलाको जोड़ी २६औं जबकि रोहन कपूर र एन सिक्की रेड्डीको जोड़ी मिश्रित युगल ऱ्यांकिंगमा ३३औं स्थानमा रहेको छ।