५ जुलाईः दार्जीलिङ गोर्खा हिल स्पोर्ट्स एसोसिएशनको तत्त्वावधानमा आयोजित जशोदा गिरी स्मृति फर्ष्ट डीविजन फूटबल लीगमा डिस्ट्रिक्ट मेजिस्ट्रेट इलेभेनले रोमाञ्चक जीत हासिल गऱ्यो। दार्जीलिङको लेबोंग स्टेडियममा बुधवार खेलिएको दिनको दोस्रो म्याचमा डिस्ट्रिक्ट मेजिस्ट्रेट इलेभेनले घूम जोरबंग्लो स्पोर्टिंग क्लबलाई २-१-ले पराजित गऱ्यो। ग्रुप ए-को यस म्याचमा विजेता टीमबाट कालू लिम्बु र अभियान थापाले गोल गरे। यसरी विजेता टीमका खेलाड़ीले आत्मघाती गोल गर्दा घूम जोरबंग्लो स्पोर्टिंग क्लबले म्याचको एकमात्र गोल हासिल गऱ्यो। म्याचमा रेफरीको भूमिकामा रमेश राई रहेका थिए। यसरी सहायक रेफरीको रूपमा रेमण्ड तामाङ र जीवन छेत्री रहेका थिए। यस लीगमा जम्मा ९ वटा टीमले हिस्सा लिएको छ। यी टीमहरूलाई दुईवटा ग्रुपमा बाँड़िएको छ। टुर्नामेण्टको नक्आउट चरणको तारिख अहिले घोषणा गरिएको छैन।