निखोज टोटो चालकको मृतदेह उद्धार

00-1-Chhetriya-Samachar-1

राजगञ्ज: दुई दिनदेखि निखोज भएको टोटो चालकको मृतदेह उद्धार भएको छ।यसपछि आमबारी इलाकामा सनसनी फैलिएको छ। तिनको मृतदेह आमबारी संलग्न पोखरीबाट उद्धार गरेको छ। मृतक टोटो चालक पार्थ चन्द (३५) हुन् भने तिनी आमबारी पोस्ट अफिस मोड निवासी थिए ।मृतकको घरमा पत्नी एकजना नानी बाहेक तिनका माता-पिता छन्। तिनले टोटो चलाएर नै आफ्नो परिवार चलाउँथे। गत सोमवार टोटो चलाउँदा तिनले आमबारी इलाकामा एकजना महिलालाई धक्का लागेको थियो।यसपछि तिनी डरले टोटो छोडेर त्यहाँबाट भागेका थिए।यसपछि तिनी निखोज भएका थिए। हिज मंगलवार परिवार पक्षबाट आमबारी पुलिस थानामा निखोज भएकोबारे अभियोग दर्ता गरेको थियो। यसैबीच, स्थानीय मानिसहरूले आज बिहान आमबारी अञ्चल मोड नजिकको पोखरीमा तिनको मृतदेह देखे। यसपछि घटनाको खबर पाएर पुलिस अनि परिवारका सदस्यहरू घटनास्थलमा पुगेका थिए। पुलिसले लाशलाई उद्धार गरेर पोस्टमार्टमको लागि उत्तरबंग मेडिकल कलेज एवं अस्पतालमा पठाइदिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement