सुदेन लामा स्मृति सेकेण्ड डीविजन लीगः मंगोलियन एससी र माउण्ट हर्मोन बोइज क्लबबीच म्याच ड्र

photocollage_20237516210645.jpg

५ जुलाईः दार्जीलिङ गोर्खा हिल स्पोर्ट्स एसोसिएशनको तत्त्वावधानमा आयोजित सुदेन लामा स्मृति सेकेण्ड डीविजन फूटबल लीगमा मंगोलियन स्पोर्टिंग क्लब र माउण्ट हर्मोन बोइज क्लबबीच बुधवार खेलिएको म्याच १-१-ले ड्र रह्यो। दार्जीलिङको लेबोंग स्टेडियममा खेलिएको ग्रुप ए-को यस म्याचमा माउण्ट हर्मोन बोइज क्लबबाट साइदीप थापाले गोल गरे। यसरी मंगोलियन स्पोर्टिंग क्लबबाट अंकित छेत्रीले गोल गरे। यस लीगमा जम्मा ९ वटा टीमले हिस्सा लिएको छ। यी टीमहरूलाई दुईवटा ग्रुपमा बाँड़िएको छ। टुर्नामेण्टको नक्आउट चरणको तारिख अहिले घोषणा गरिएको छैन।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement