हात्तीले मच्चायो उत्पात

श्रमिक परिवारको घर क्षतिग्रस्त

कालचिनी। आज बिहानपख प्रायः ३ बजी बक्सा जङ्गलबाट आहारको खोजीमा अच्छापाड़ा गार्डलाईनमा पसेको एक्ले ढोई हात्तीले श्रमिक दिपक महली र हरिराम महलीको घर भत्काएर घरमा राखेको महीनाभरिको रासन सामग्री सबै खाईदिएको पीड़ित दिपक महलीले जनाएका छन। सबै मस्त निन्द्रामा सुतिरहेको समय कमानको सेक्सन हुँदै गार्डलाईनमा पसेको उक्त एक्ले हात्तीले प्रथमत हरिराम महलीको पक्का घरको भित्ता फोर्ने प्रयास गरेको थियो भने त्यसपछि संलग्न रहेको दिपक महलीको भर्खरै बनाउँदै गरेको पक्का घरको भित्ता फोरेपछि सबै सुतिरहेको टाँढ़े घरको भित्ता फोरेर भित्र राखेको जम्मै रासन सामग्री सुँड़ले तानेर बाहिर निकालेर खाईदिएको दिपक महलीको पत्नी रोमा महलीले रुँदै बताएकी छन्।

उक्त विशाल आकारको हात्तीले टाँढ़े घरको भित्ता फोर्दा सबै परिवार सुतिरहेको थियो भने भाग्यले सबै परिवार सदस्यहरू घरबाट निस्किएर छिमेकी घरतिर दगुरेर ज्यान बचाउन सफल भएको थियो। उक्त हात्तीलाई गाउँले सबैले टिन ठट्याएर खेदाउन खोजेता पनि हात्तीले यसको वास्ता नगरी रासनको चामल सबै बाहिर निकालेर खाईदिएको महली परिवारको सदस्यहरूले साक्षात देखेको थियो। उक्त एक्ले हात्तीले त्यसपछि सोझै पाना (नयाँ) बस्ती पुगेर मणिराज परगालीको सुपाड़ी बारी विध्वंस पारेको गाउँलेहरूले जनाएका छन्। यता बिहान घटनाको जानकारी पाएर पाना बीटका बनकर्मीहरू अच्छापाड़ा गार्डलाईन पुगेर क्षतिग्रस्त दिपक महली र हरिराम महलीको घरको निरीक्षण गरेपछि यसको निम्ति सरकारी नियम अनुसार फारम भरेर जमा गर्ने पीड़ित परिवारलाई बताएको थियो।

घटनाको निरीक्षण गर्न पुगेका अच्छापाड़ा डेभलपमेन्ट यूथ क्लबको सभापति बिजय थुलुङ राई र सचिव सिद्धार्थ थापा औ समाजसेवी शैलेस शर्मा र शिवचरण टोप्पोले पनि गरीब परिवारको धेरै क्षति पुगेको बताउँदै बन विभाग र कमान कर्तृपक्षले यसको भरपाई गरिदिनु पर्ने दाबी गरेका छन्। यता यस अघि गत ५ महीना पहिला पनि यस्तै एक्ले हात्तीले गार्डलाईनको उमेश ठकुरी र सीबी गुरुङको पक्का क्वाटरको भित्ता भत्काएको थियो भने आजसम्म उनीहरूले केही क्षतिपूर्ति नपाएको बताईएको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *