उत्तर दिनाजपुर: तृणमूल कांग्रेसका उम्मेदवारका श्रीमानलाई चुनाव प्रचारका क्रममा स्वतन्त्र समर्थकहरूले नराम्ररी कुटपिट गरेको आरोप लागेको छ। स्वतन्त्र समर्थकहरूलाई पनि बम विष्फोट गरेको आरोप लगाइएको थियो। मङ्गलबार राति भएको घटनालाई लिएर निकै तनाव भएको थियो। घटना उत्तर दिनाजपुर जिल्लाको इस्लामपुर थाना अन्तर्गतको रामगञ्जको बसाक पारा क्षेत्रमा भएको हो।
तृणमूल कांग्रेसकी उम्मेदवार राखी बसाक रोयका श्रीमान् स्वपन बसाक चुनावी प्रचारका लागि बसाकपाडा गएको बताइएको छ। एक्कासी स्वतन्त्र उम्मेदवारका समर्थकले उनलाई लाठी र धारिलो हतियारले कुटपिट गरेका थिए। घटनामा तृणमूल कांग्रेस उम्मेदवारका श्रीमान् सहित ४ जना घाइते भएका छन्। घाइतेहरूलाई उद्धार गरी उपचारका लागि पहिले इस्लामपुर थानाको रामगञ्ज प्राथमिक स्वास्थ्य केन्द्रमा ल्याइएको थियो। त्यसपछि एक जनाको अवस्था नाजुक भएपछि उपचारका लागि इस्लामपुर डिभिजन अस्पताल लगिएको थियो। इस्लामपुर रामगञ्ज पुलिसले घटनास्थलमा पुगेर स्थिति नियन्त्रणमा लिएको छ। पुलिसले घटनाको अनुसन्धान सुरु गरेको छ।