५ जुलाईः विश्वका नम्बर एक खेलाड़ी कार्लोस अल्काराजले विम्बल्डन टेनिस च्याम्पियनशीपमा विध्वंशी शुरुवात गरे। स्पेनका यस युवा खेलाड़ीले पहिलो राउण्डको म्याचमा फ्रान्सका जेरेमी चार्डीलाई दुई घण्टाभन्दा कम्ती समयमा पराजित गरे। बीस वर्षीय अल्काराजले पहिलो दुईवटा गेममा चार्डीलाई केवल दुई गेम जित्न दिए अनि म्याचा ६-०, ६-२, ७-५-ले जीतको साथ दोस्रो राउण्डमा स्थान बनाए। अल्काराजले तेस्रोपल्ट विम्बल्डनमा हिस्सा लिइरहेका छन्। यसअघि उनी कहिले पनि चौथो राउण्डभन्दा अघि बढ़्न सकेका थिएनन्। यसपाली उनलाई ग्रास कोर्टमा खेलिने यस ग्राण्ड स्ल्याम टुर्नामेण्टमा नोवाक जोकोविचको आठौं खिताबको गोरेटोमा सबैभन्दा ठूलो वाधा मानिएको छ। विम्बल्डनमा दोस्रो दिन पनि वर्षाले वाधा पुऱ्यायो। पुरुष एकल वर्गमा ग्रीसका स्टेफानोस सिपसिपास र डोमिनिक थिएमबीचको म्याच पनि वर्षाले प्रभावित रह्यो। यी दुई खेलाड़ीबीच म्याच रोकिँदासम्म थिएम ६-३, ३-४-ले अघि रहेका थिए। यसबाहेक इटलीका मेटो बेरेटिनी र लोरेञ्जा सोनेगोबीचको म्याचमा पनि वर्षाले वाधा पुऱ्यायो। म्याच रोकिँदा सोनेगा ७-६ (५)-ले अघि रहेका थिए।
यसबीच महिला एकलमा चाहिँ अमेरिकी दिग्गज भीनस विलियम्स र उनकै देशकी युवा खेलाड़ी कोको गफ पहिलो राउण्डमै बाहिर भइन्। भीनस ४३ वर्षको उमेरमा २४औं पल्ट विम्बल्डनमा एकल म्याच खेल्न ओर्लिएकी थिइन् तर उनले पहिलो राउण्डमै एलिना स्वितोलिना विरुद्ध ६-४, ६-३-ले हारको सामना गर्नु पऱ्यो। विश्वकी पूर्व नम्बर एक खेलाड़ी भीनस चोटले गर्दा शीर्ष ५००-देखि पनि बाहिर भएकी छन् अनि २०२१-देखि यता केवल २२ वटा म्याच खेलेकी छन्। यसरी उनी यस साल विम्बल्डनमा खेल्ने सबैभन्दा अधिक उमेरकी खेलाड़ी अनि मुख्य ड्र-मा खेल्ने चौथो सबैभन्दा अधिक उमेरकी खेलाड़ी हुन्। भीनसले १९९७-मा विम्बल्डनमा पदार्पण गर्दा स्वितोलिना केवल दुई वर्षकी थिइन्। यसको साथमा सातौं वरीयता प्राप्त १९ वर्षीय कोको गफलाई उनकै देशकी सोफिया केनिनले पहिलो राउण्डमा ६-४, ४-६, ६-२-ले उलटफेरको शिकार बनाइन्। पूर्व ग्राण्ड स्ल्याम च्याम्पियन तथा विश्वकी चार नम्बरकी खेलाड़ी रहिसकेकी केनिन अहिले वर्ल्ड ऱ्यांकिंगमा १२८औं स्थानमा रहेकी छन् अनि यसपाली क्वालीफाइंग राउण्डमा तीनवटा म्याच जितेर मुख्य ड्र-मा पुगेकी हुन्। महिला एकलको अन्य म्याचहरूमा १५औं वरीयता प्राप्त रुसकी लियूडमिला सेमसोनावाले अना बोगडनलाई ७-६, ७-६-ले पराजित गरिन्। यसबाहेक चेक रिपब्लिककी केटरीना सिनियाकोवाले चीनकी २४औं वरीयता प्राप्त झेंग क्विनवेन विरुद्ध ६-३,७-५-ले जीत हासिल गरिन्।