आईसीसी वर्ल्ड कप खेल्ने जिम्बाब्वेको सपना भताभुंगै

IMG-20230705-WA0230.jpg

५ जुलाईः आईसीसी वनडे वर्ल्ड कप क्वालीफायर २०२३-को सुपर सिक्स चरणको छैटौं म्याचमा जिम्बाब्वेले स्कटल्याण्ड विरुद्ध निराशाजनक हारको सामना गर्नु पऱ्यो। यस हारको साथै जिम्बाब्वे यस साल भारतमा हुने आईसीसी वनडे वर्ल्ड कपबाट बाहिर भयो। वर्ल्ड कपमा स्थान बनाउन जिम्बाब्वेलाई यस म्याचमा जीतको आवश्यकता थियो तर टोलीले लक्ष्यलाई हासिल गर्न सकेन। बुलावायोको क्वीन्स स्पोर्ट्स क्लबमा खेलिएको म्याचमा पहिला ब्याटिंग गर्दै स्कटल्याण्डको टीमले ५० ओभरमा ८ विकेट गुमाएर २३४ रन बनाएको थियो तर जिम्बाब्वे ४१.१ओभरमा २०३ रन बनाएर अलआउट हुँदा स्कटल्याण्ड ३१ रनले विजयी भयो। जिम्बाब्वेका पाँचजना ब्याटरले त दहाईको आँकड़ा पनि छुन सकेनन्। रयान बर्लले सर्वाधिक ८३ रन बनाए पनि टीमलाई बचाउन सकेनन्। उनले ८४ बल खेलेर ८ वटा चौका र एउटा छक्का लगाए। यसबाहेक वेस्ली माधेवीरेले ४० रनको योगदान दिए। स्कटल्याण्डको तर्फबाट म्याचमा माइकल लिस्कले ४८ र म्याथ्यू क्रसले ३८ रन बनाए। यसअघि वेष्ट इण्डिज पनि निराशाजनक प्रदर्शनको साथ वर्ल्ड कपबाट बाहिर भएको थियो। अहिले श्रीलंकाको साथमा वर्ल्ड कपमा स्थान बनाउने होड़मा नीदरल्याण्ड्स र स्कटल्याण्ड रहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement