साफ फूटबल च्याम्पियनशीपःसडन डेथमा जीतको साथ भारत नवौंपल्ट च्याम्पियन

IMG-20230704-WA0399.jpg

४ जुलाईः नवौंपल्ट साफ फूटबल च्याम्पियन बन्यो भारत। मंगलवार खेलिएको चरम रोमाञ्चक फाइनलमा गत च्याम्पियन भारतले कुवैतलाई सडन डेथमा ५-४ (१-१)-ले पराजित गऱ्यो। बेंगलुरुको कान्तीर्वा स्टेडियममा खेलिएको फाइनलमा नियमित नब्बे मिनटको खेलमा स्कोर १-१-को बराबरीमा रह्यो। त्यसपछि अतिरिक्त समयको खेलमा पनि स्कोरमा कुनै फेरबदल नहुँदा पेनल्टी शूटआउट शुरु भयो। पेनल्टी शूटआउटमा पनि पहिलो ५-५ वटा प्रयासमा स्कोर ४-४-को बराबरीमा रहँदा सडन डेथ शुरु भयो, जसमा ५-४-ले विजयी भएर भारतले नवौंपल्ट साफ च्याम्पियन बन्ने गौरव हासिल गऱ्यो। नियमित समयको खेलमा कुवैतको तर्फबाट शाबिब अल खालदिले १४औं मिनटमा गोल गरे। यसरी भारतको तर्फबाट लाल्लिनजुआला छांगटेले ३८औं मिनटमा गोल गरे। यसरी सुनिल छेत्रीको कप्तानीमा रहने भारतले अजेय रहेर साफ च्याम्पियनशीप २०२३-को खिताब जित्यो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement