रंगेलीमा समर कोचिङ शिविरको समापन

IMG-20230704-WA0389.jpg

गान्तोक: सिक्किम क्रिकेट संघ र खेलकुद तथा युवा मामिला विभागको सहयोगमा रिनाक-रंगेली स्पोर्ट्स एकाडेमीद्वारा आयोजित समर क्रिकेट क्याम्प २०२३ समापन गरेको छ। कार्यक्रममा मुख्यमन्त्रीका राजनीतिक सचिव जेकब खालिङ मुख्य अतिथि थिए। उनले सम्बोधन गर्दै भविष्यका लक्ष्यहरू प्राप्त गर्न प्रारम्भिक तयारीको महत्त्वमा जोड दिए। उनले विद्यार्थीहरुलाई लक्ष्यमुखी बन्न र प्रविधिको स्वर्णिम युगको सदुपयोग गरी उपलब्ध अवसरहरुबाट लाभ उठाउन आग्रह गरे। यसअवसरमा क्रिकेट एसोसिएसनका अध्यक्ष टीका सुब्बाले युवाहरूलाई क्रिकेटमा भविष्य छनौट गर्न प्रोत्साहन गरे। आफ्नो प्रतिभा प्रदर्शन गर्दा उनीहरूलाई सहयोगको वचन दिए।यसबीच, उनले क्रिकेट खेल्ने महिलाको महत्त्वलाई जोड दिँदै महिलाको व्यापक सहभागिताको वकालत गरे। यसबाहेक, उनले सिक्किम क्रिकेट संघको तर्फबाट रिनाक सिनियर सेकेन्डरी स्कूलका विद्यार्थीहरूलाई क्रिकेट बलिङ मेसिन प्रदान गरे। त्यसैगरी, एचसीएमका पीआरओ र आरआरएसए र टोटोलाका अध्यक्ष श्री रत्नमणि प्रधानले विद्यार्थीलाई सीप विकास गर्न र अनुशासित जीवन बिताउन कटिबद्ध हुन प्रोत्साहित गरे। उनले विद्यार्थीहरूको जिज्ञासाहरू समाधान गर्नको लागि बनाइएको फेसबुक पेज र उनीहरूसँग विभिन्न क्षेत्रका सूचनामूलक जानकारी र योजनाहरू साझा गर्ने प्लेटफर्मको बारेमा पनि उल्लेख गरे। पछि, टोटोलाको फेसबुक पेज आधिकारिक रूपमा जेकब खालिङ र टिका सुब्बाद्वारा सुरु गरियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement