घुस लिएको आरोपमा हाई कोर्टले न्यायालयका कर्मचारीलाई जेल पठाउने आदेश दियो

00-1-Rajya-Samachar

कोलकाताः नोकरी दिलाउने नाममा घुस लिने हाई कोर्टका कर्मचारीलाई न्यायमूर्ति अभिजीत गांगुलीले जेल पठाउने आदेश दिएका छन्। उनले उच्च न्यायालयका डिप्टी शेरिफका कर्मचारीलाई हिरासतमा लिने निर्देश दिए। जजले भने, यदि आवश्यकता परेको खण्डमा एफआईआर दर्ता गरेर जॉंच गरिने छ।

२००९ मा एक व्यक्ति स्कूलमा ग्रुप-डी स्टाफ भर्तीको निम्ति परीक्षामा बसेका थिए। उक्त व्यक्तिले छिमेकी स्वपन जानामाथि एक लाख २५ हजार रूपियॉं मागेर नोकरी दिलाउने आश्वासन दिएको आरोप लगाएका छन्। स्वपन जाना उच्च न्यायालयका कर्मचारी हुन्।

नोकरीको निम्ति परीक्षा दिने उक्त व्यक्तिले दुई किस्तामा ४५ हजार लिएको बताएका छन्। उनले अनलाइनको ट्रान्जेक्सन दस्तावेज पनि जमा गरेका छन्। मङ्गलवार बिहान शिकायतकर्ताले हाई कोर्ट आएर बार एसोसिएशनमा शिकायत गरे। एसोसिएशनले उनलाई न्यायमूर्ति गांगुलीसॅंग सम्पर्क गर्न सुझाउ दियो। न्यायमुर्तिले शिकायत सुनेपछि आरोपित व्यक्तिलाई हिरासतमा लिने निर्देश दिए।

-हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement