कोलकाताः पश्चिम बंगाल पुलिसको स्पेशल टास्क फोर्स (एसटीएफ) ले इस्लामपुर पुलिस जिल्लाको गोपालपोखर थाना क्षेत्रको पञ्जीपाडामा एक हतियार तस्करको घरमा छापा मारेको छ। यहॉं ठूलो मात्रामा बन्दूकहरू भेटिएका छन्।
एसटीएफका एसपी आईपीएस इन्द्रजीत बसुले मंगलवार सॉंझ बताए अनुसार, दिउॅंसो गोप्य सूचनाको आधारमा आलम नामक एक व्यक्तिको घरमा छापा मारियो। घरबाट ७ एमएम पेस्तोल, तीनवटा शटर पाइप गन, ८० राउण्ड ७ एमएमको गोली र १० पेस्तोल म्यागजिन भेटियो। गोपालपोखर थानामा आर्म्स एक्टको धारा अन्तर्गत मामिला दर्ता गरिएको छ।
-हिस