दार्जीलिङ: हाम्रो उम्मेद्वारहरू निर्वाचित भएपछि मतदाताहरूको मान राख्नेछ भन्ने विषयमा आफु आशाबादी रहेको हाम्रो पार्टीको केन्द्रीय बरिष्ठ कार्यकर्ता एंव नगरपार्षद गोपाल परियारले बताएका छन। संयुक्त गोर्खा गठबन्धनको चूनावी सभा सिंगताम चिया बगानको गोदामटार धूरामा सम्पन्न भएको थियो। आयोजित सभामा क्षेत्रिया सभासद प्रतीम सुब्बा विशेष रूपमा उपस्थित रहेका थिए।त्यसरी नै हाम्रो पार्टीको केन्द्रीय बरिष्ठ कार्यकर्ता एंव नगरपार्षद गोपाल परियार आदि उपस्थित रहेका थिए। आयोजित चूनावी सभालाई सम्बोधन गर्ने क्रममा गोपाल परियारले यस क्षेत्रबाट पंचायत चूनावमा खडा भएका गठबन्धन दलका उम्मेद्वार हरूको जीत निचित रहेको तिनले बताए। चूनावमा निर्वाचित भई सकेपछि हाम्रा यी उम्मेद्वारहरूले मतदाता हरूको शीरलाई झुक्न दिने छैन भन्ने विषयमाथि आफु आशाबादी रहेको परियारले बताए।पहाडको राजनैतिक इतिहासलाई हेर्ने हो भने डम्बर सिंह गुरूङदेखि अहिलेको बर्तमान जीटीए चीफ अनित थापासंग आई पूग्दा निर्वाचित सदस्यहरू किन्ने जस्ता प्रचलन शुरू भई सकेको छ। तिनले अधि भने दार्जीलिङ नगरपालिका को चूनावपछि पालिकाको बोर्ड तोडनलाई निर्वाचित नगरपार्षदहरू किन्ने जस्ता कामहरू भएको थियो, त्यस्तो स्थिति पंचायत चूनावपछि नहोस भन्ने परियारले कामना गरयो। ग्रामबासीहरूले आफ्नो गाउँ र आफ्नो ठाउँहरूको विकाश हुने सपना साचेर भोट दिएका हुन्छ अनि उनीहरूको स्वभिमानलाई तपाईहरूले ढल्न दिने छैन भन्ने विषयमा आफु आशाबादी रहेको परियारले पूनः दोहोराए।जीटीए चीफ अनित थापाले दार्जीलिङमा किन बेचको प्रथा शुरू गरेको छ अनि यो मतदाताहरूको निम्ति अनि समस्त पहाडबासीको निम्ति कालो दिन हो तर मलाई हाम्रो उम्मेद्वारहरू निर्वाचित भएपछि त्यस्तो पाप गर्ने छैन भन्ने विषयमा आफु आशाबादी रहेको गोपाल परियारले बताए।