लङ्भ्युमा भागोप्रमोको चुनावी सभा सम्पन्न

IMG-20230704-WA0375.jpg

कोविडको समयमा होस अथवा चिया बगान बन्द भएको समयमा होस् अनित थापाले जहिले पनि लङ्भ्यूका जनतालाई भोको हुनुबाट बचाएका छन्: कल्पना प्रधान

खरसाङ: आगामी ८ जुलाईको दिन सम्पन्न हुने पञ्चायत चुनाउमा यस क्षेत्रका सबै भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाका उम्मेद्वारहरूलाई विपूल मत दिएर विजयी गराउने आह्वान पङ्खाबारी, लङ्भ्यू, अम्बटे समष्टि सभासद कल्पना प्रधानले गरेकी छन्। आज खरसाङ खण्ड अन्तर्गत लङ्भ्यू चियाबारीस्थित हस्पिटल लाइनको बन्दखेती प्राथमिक पाठशाला प्राङ्गनमा अमर राईको सभापतित्वमा सम्पन्न सभालाई सम्बोधन गर्दै सभासद प्रधानले त्यो दिनको चुनाउ भागोप्रमो अध्यक्ष अनित थापाले लङ्भ्यूलासीलाई विगतका दिनमा लगाएको गुणको ऋण तिर्ने दिन रहेको जनाइन्। प्रधानले चाहे कोविडको समयमा होस अथवा चिया बगान बन्द भएको समयमा होस् अनित थापाले जहिले पनि लङ्भ्यूका जनतालाई भोको हुनुबाट बचाएका छन्। त्यसलाई हेरेर पनि यहाँका जनताले आँखा बन्द गरेर उनको पक्षमा भोट दिनुपर्ने हो भन्दै उनी जस्तो असल ल सहयोगी मन भएका नेता आफूले अहिलेसम्म नदेखेको स्पष्ट पारिन्। प्रधानले विपक्षीहरूले लगाइरहेको आरोपको जवाब दिँदै यहाँ कसैले पनि भ्रष्टाचार नगरेको स्पष्ट पार्दै यदि कसैले भ्रष्टाचार गरेको प्रमाण सहित तिनी भएकोमा ल्याउने सुझाव दिइन्। जिनोद परियारले सञ्चालन गरेको सभालाई मनोनीत सभासद् प्रणाम रसाईली, विनोद परियार, मणिराज डुम्जन, ललित प्रधान, मान्ती सुनार, आशिष लामा अनि मौसम तामाङले सम्बोधन गरेका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement