एएफसी एलिट महिला रेफरी प्यानलमा स्थान बनाइन् सालुगढ़ाकी कनिका बर्मनले

२९ जूनः सिलगढ़ी नजिक सालुगढ़ा निवासी दिग्गज महिला फूटबल रेफरी कनिका बर्मनले अझ एउटा खास उपलब्धि हासिल गरिन्। उनले यसपाली एएफसी (एशियाई फूटबल परिसंघ) एलिट महिला रेफरी र सहकारी रेफरीहरूका प्यानलमा स्थान बनाइन्। मंगलवार यसबारे आधिकारिक घोषणा गरिएपछि सम्पूर्ण उत्तर बंगालको फूटबल जगतमा खुशीको लहर छाएको छ। उनले यसअघि २०२० सालमा फीफा एलिट प्यानलमा पनि स्थान पाएकी थिइन्। अझ एउटा उपलब्धि हासिल गरेपछि कनिकाले भनिन्, यसअघि फीफा प्यानलमा स्थान पाएकी थिएँ। यसपाली मौका पाएँ एएफसी प्यानलमा। यो मेरो निम्ति ठूलो मौका हो। कनिका बाहेक भारतकी अन्य तीन महिला रेफरी रिओहलांग धर, रञ्जीता देवी टेकचाम र उवेना फर्नाण्डेजले पनि प्यानलमा स्थान पाएकी छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement