गान्तोक: सोरेङ जिल्ला अन्तर्गत याङथाङ सिर्जना क्लबको तत्वावधानमा २४ जुन देखि आरम्भ भएको समर कप फुटबल प्रतियोगिताको आज ११औं दिनमा अनुसुचित जनजाति कल्याण बोर्डका अध्यक्ष प्रेमकुमार सुब्बा प्रमुख अतिथिका रुपमा उपस्थिति थिए। कार्यक्रमलाई सम्बोधन गर्दै मुख्य अतिथि अध्यक्ष सुब्बाले यसरी गैरसरकारी संस्थाले प्रतियोगिता आयोजना गरेर युवाहरुलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने सुनौलो मञ्च प्रदान गरेकोमा आयोजक संस्थाको प्रशंसा गर्दै अध्यक्ष सुब्बाले गैरसरकारी संस्थानहरुले समाजको विकासमा सकारात्मक, सिर्जनात्मक र रचनात्मक भूमिका निर्वाह गर्नुपर्ने अभिव्यक्ति प्रकट गरेका छन्। उनले अघि भने, आजको युवाहरु भोलिको देश निर्माता हुन्। युवाहरुले नै समाज, राज्य र देशलाई नेतृत्व गर्नुपर्ने हुँदा सरकारले युवामुखी कार्यक्रम बनाएर युवाहरुलाई अवसर प्रदान गर्दै आइरहेको बताए। उनले युवाहरुलाई वर्तमान सरकारको यस्ता कार्यक्रमबाट फाइदा लिने आह्वान गरे। आजको पहिलो खेल राणा एकादमी बनाम द टीएम बीच सम्पन्न भएको थियो भने दोस्रो खेलमा टीएफए सोरेङ र रुम्बुक एफसी बीच भएको थियो।