राज्यपालको उपस्थितिमा धान रोपाई कार्यक्रम आयोजित

IMG-20230704-WA0385.jpg

गेजिङ: राज्यपाल लक्ष्मण प्रसाद आचार्यले आज गेजिङ जिल्लाको मार्तममा आयोजित धान रोपाईं एवं बेठी कार्यक्रममा सहभागिता जनाए। जिल्ला प्रशासनिक केन्द्र गेजिङ र राज्यको कृषि एवं बागवाणी विभागको संयुक्त पहलमा आयोजित कार्यक्रम असार पन्ध्र उत्सवको एक अंशको रूपमा पालन गरिएको हो। “कृषि भविष्यो हो, भविष्य नै कृषि हो’’ थिममा यसपालीको यो उत्सव आयोजन गरिएको थियो, जसमा कृषि हाम्रो जीवनको अभिन्न अंग हो भन्ने दर्शाइएको थियो।

यस अवसरमा क्षेत्र विधायक एवं राज्यका कृषि एवं बागवाणी विभागीय मन्त्री लोकनाथ नेपालको विशेष उपस्थिति रहेको थियो। असार पन्ध्रको अवसरमा धान रोपाईं साथै बेठीको जुन हाम्रो परम्परा रहेको छ त्यसबाट राज्यपाल लक्ष्मण प्रसाद आचार्य धेरै प्रभावित बने।जानकारी गराइन्छ, राज्यपाल लक्ष्मण प्रसाद आचार्य दुई दिवसीय गेजिङ जिल्लाको भ्रमणमा रहेका छन्। भोलि उनले त्यहाँको संस्कृत विधायलयको भ्रमण अनि लेगसेपमा अवस्थित किराँतेश्वर मन्दिरको दर्शन गर्ने कार्यक्रम रहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement