धुपकाँटी उत्पादनको कामलाई रोजगार बनाउने युवा समाजसेवी कबीर लामाको लक्ष्य

f724fd80-cd60-4e3b-b351-2bbd68c5b315

कालचिनीः अनुदीप फाउन्डेशनको पक्षबाट धुपकाँटी मशीन प्राप्त गरेपछि कालचिनी खण्डको अच्छापाड़ा गाउँका एकजना युवा समाजसेवी कबीर लामा अहिले आफ्नै घरमा धुपकाँटी उत्पादनको काममा लागेर गाउँकै प्रायः २१ जना युवतीहरूलाई पनि काममा लगाएर उनीहरूलाई रोजगार दिन सक्षम बनेका छन्। भारतको एउटा स्वेच्छासेवी संस्था अनुदीप फाउन्डेशनको पक्षबाट युवा समाजसेवी कबीर लामाको नेतृत्वमा धुपकाँटी उत्पादन गर्ने मशीन प्राप्त गरेपछि कबीर लामले आफ्नै घरमा धुपकाँटी उत्पादन गर्न थालेका छन् भने तिनको कामलाई हेरेर मङ्गलबार अनुदीप फाउन्डेशनको कलकत्ता मुख्यालयबाट आएका अधिकारीहरूले अच्छापाड़ा स्थित धुपकाँटी उत्पादन केन्द्रको निरीक्षण गरेको थियो। यस काममा लागेका गाउँले युवतीहरूसित बसेर अन्तर्क्रिया पनि गरिएको थियो।
अनुदीप फाउन्डेशनको पब्लिक रिलेशन मौनिता घोषले अनुदीप फाउन्डेशनले भारतको प्रायः १९ वटा राज्यहरूमा गाउँले युवती औ महिलाहरूलाई स्वरोजगार बनाउन धेरै प्रकल्प उद्योग शुरु गरेको र महिलाहरूलाई मानव तस्करी हुनबाट बचाउन अनि नारीहरूले आफ्नो सम्मान बनाएर स्वरोजगार बन्न पाओस भन्ने लक्ष्यले काम गरेकोले यसको निरीक्षणमा आज अच्छापाड़ा गाउँ आईपुगेको बताइन्। यो धुपकाँटीको उत्पादनको प्रक्रिया भर्खर शुरु गरिएको र यसले अग्रगति पाए गाउँले युवतीहरूले पनि रोजगार पाउने र काम मामको लागि बाहिर भौतारिन नपर्ने युवा समाजसेवी कबीर लामाले जनाएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement