गुवाहाटीःअसम सरकारका मन्त्री रञ्जीत कुमार दास र विमल बोरासहित भाजपा नेता र कांग्रेस नेता भाग्यले बाचेका छन्। यी नेताहरूलाई लिएर उड्नभन्दा पहिला विमानमा तकनीकी गडबडी देखियो। जसपछि, पाइलटले विमान उड्न अगावै रोके।
गुवाहाटीको बोरझारस्थित लोकप्रिय गोपीनाथ बरदलै अन्तरराष्ट्रिय हवाई अड्डामा डिब्रूगढ जान इन्डिगो फ्लाइट उड्न रनवेमा थियो। विमानमा असम सरकारका मन्त्री रंजीत कुमार दास र विमल बोराका साथै विधायक नव दलै, स्टेट हाउसिङ बोर्डका उपाध्या सुभाष दत्ता, कांग्रेस नेता रमेन बरठाकुर सहित अन्य थिए। विमानको टेकअफभन्दा पहिला पाइलटले केही गडबडीको जानकारी पाए। पाइलटले विमान रोके अनि रनवेबाट फर्काए। पछि विमान मरम्मतिका लागि पठाइयो।
-हिस