कोलकाता: पञ्चायत चुनावलाई ध्यानमा राख्दै राज्यमा स्थिति शान्तिपूर्ण छ। यहाँ हिंसाको घटना भएको छैन । दुई–तीनवटा सानातिना घटना भएका छन् जसमा तत्काल कारबाही भएको छ । यो कुरा राज्यका डीजीपी मनोज मालवीयको हो । मंगलबार भवानी भवनमा बिहार र झारखण्डका पुलिस अधिकारीसँगको भेटमा उनले पञ्चायत निर्वाचनको दिन दुवै प्रदेशसँग जोडिएको बंगालको सिमानामा नाका चेकिङ गर्ने कुरा गरेका हुन् । डीजीपीले पञ्चायतको निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न गर्न पुलिस तयार रहेको बताए । कार्यक्रममा बिहारका डीजीपी आरएस भट्टी र झारखण्डका डीजीपी अजय सिंह उपस्थित थिए।