उत्तर दिनाजपुरमा हतियारको ठूलो खेप बरामद

Screenshot_20230704_192537_WhatsApp.jpg

उत्तर दिनाजपुर: पञ्चायतको निर्वाचनअघि उत्तर दिनाजपुरमा ठूलो परिमाणमा हतियार बरामद भएपछि क्षेत्रमा तरंगित भएको छ। पुलिसले घटनामा संलग्न एक जनालाई पक्राउ गरेको छ। इस्लामपुर पुलिसको गोलपोखर थाना पञ्जीपाडाबाट ठूलो संख्यामा अवैध हतियार र कारतूस बरामद भएको छ। एसटीएफ सिलगढी टोलीले पाँच ७ एमएम, ३ एकल शटर पेस्तोल बरामद गरेको छ। यससँगै १८० राउण्ड गोली समेत बरामद भएको छ। एसटीएफले घटनामा मोहम्मद आलम नामका एक व्यक्तिलाई पक्राउ गरेको छ। पञ्चायत निर्वाचनअघि हतियारको यति ठूलो खेप बरामद भएपछि सनसनी मच्चिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement