सिलगढी जलपाईगढी राष्ट्रिय राजमार्गमा नाका चेकिङ अवधि विदेशी रम-रक्सी उद्धार

IMG-20230704-WA0330.jpg

राजगञ्ज: तस्करी गर्न अगावै अवैध विदेशी रम-रक्सी उद्धार गर्नको साथै एकजना व्यक्तिलाई पनि पक्राउ गरेको छ। पक्रा परेका व्यक्ति बिहारको सीतामारी जिल्लाको सुरसान्द इलाका निवासी ३८ वर्षीय कमलेश भन्डारीको रूपमा चिन्हित गरिएको छ। आज साँझ राजगञ्ज थाना पुलिसले नाका चेकिङ अवधि सिलगढी जलपाईगढी ३१ डी राष्ट्रिय राजमार्गको हातीमोड इलाकामा एउटा वाहनलाई रोकेर छानबीन गर्दा अवैध विदेशी रम-रक्सी उद्धार गरेको बताइएको छ। पुलिस सूत्रले दिएको जानकारी अनुसार पञ्चायत चुनाउलाई केन्द्र गरेर नाका चेकिङ अवधि पुलिसले आज साँझ जलपाईगढीतर्फबाट आइरहेको एउटा वाहनलाई रोकेर छानबीन गर्दा वाहन भित्र विभिन्न ठाउँमा लुकाएर राखेको १०२ बोतल अवैध विदेशी रम-रक्सी उद्धार गरेको हो। घटनामा वाहन चालकलाई पक्राउ गर्नको साथै वाहन पनि जफत गरेको छ। उक्त रम-रक्सी बिहारमा तस्करी गर्ने उद्देश्यले लगिरहेको थियो। पक्रा परेका व्यक्तिलाई भोलि बुधबार जलपाईगढी अदालतमा पेश गरिनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement