गान्तोकः सिक्किम सरकारको मेरो रुख मेरो सन्तति कार्यक्रमलाई सहयोग पुऱ्याउँदै हेभेन्ली निर्वाणा पाथले आयोजन गरेको राज्यव्यापी एक लाख विरुवा रोपन कार्यक्रम समापन भएको छ। दक्षिण सिक्किमको तिमी-नामफिङ निर्वाचन क्षेत्र अन्तर्गत आज लामेटारमा आयोजित एक लाख विरुवा रोपनको समापन कार्यक्रममा मुख्यमन्त्री प्रेम सिंह तामाङको विशेष उपस्थिति रहेको थियो।
विरुवा रोपनको समापन अवसरमा मुख्यमन्त्रीका साथमा उनकी धर्मपत्नी कृष्ण राई, क्षेत्र विधायक तथा मन्त्री बीएस पन्त, मन्त्री भीमहाङ सुब्बा, वन विभागका सचिव प्रदिप कुमार, हेभेन्ली निर्वाणा पाथका गुरु ओम नन्द लगायत विभिन्न व्यक्तित्व र स्थानीय मानिसहरूको सहभागिता रहेको थियो।
विरुवा रोपन कार्यक्रमको समापन समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री प्रेमसिंह तामाङले सिक्किमलाई गुरु ओम नन्दको आशीर्वाद प्राप्त भएको र उनको उनको एक लाख विरुवा लगाउने पहलले राज्यको पर्यावरण संरक्षणमा ठूलो सहयोग मिलेको बताए। यो विरुवा रोपन अभियान सिक्किम सरकारको मेरो रुख मेरो सन्तति योजना अनुरुप रहेको उल्लेख गर्दै मुख्मन्त्रीले गुरु ओम नन्दद्वारा गरिएको प्रयासको सराहना गरे।
मुख्यमन्त्री तामाङले मेरो रुख मेरो सन्तति योजना बारे जानकारी गराउँदै यसले प्रत्येक शिशुको जन्मा परिवारलाई १०८ विरुवा लगाउन प्रोत्साहन गर्ने बताए। सिक्किम सरकारले शुरु गरेको यस कार्यबाट प्रत्येक शिशुको जन्म स्मरणीय बनाउने साथै परिवार र पर्यावरण बीचमा गरिरो सम्बन्ध स्थापित भएर जाने बताए।
यस अवसरमा मुख्यमन्त्री सरकारका विभिन्न योजनामाथि प्रकाश पारेका थिए। हालै नाम्ची कलेजका विद्यार्थी प्रतिनिधि परिषदका अध्यक्ष पदम गुरुङको मृत्युबारे दुःख व्यक्त गर्दै मुख्यमन्त्री तामाङले गुरुङको मृत्युलाई लिएर जाँच गर्न सरकारले विशेष जाँच दल गठन गरेको साथै सहि जाँच होस भनेर डिजिपीलाई निर्देश दिइएको जानकारी गराए।
कार्यक्रमलाई सम्बोधन गर्दै क्षेत्र विधायक तथा मन्त्री बिएस पन्तले क्षेत्रमा भएका विकासीय गतिविधि बारे जानकारी गराए। यस अवसरमा उनले १९६९ देखि तिमी चिया बगानमा काम गर्दै आएका श्रमिकहरूको पक्षमा घर निर्माणको लागि सरकार पक्षबाट जमिन दिनुपर्ने प्रक्रिया बारे पनि अवगत गराएका थिए।
आजको कार्यक्रम अवधी मुख्यमन्त्री साथै अन्य मानिसहरूले विभिन्न प्रजातिका ३५ हजार विरुवा रोपेका थिए। यसरी नै १३ परिवारका मानिसहरू नवजात शिशुको पनि आजको कार्य्रमा सहभागिता रहेको थियो।
-हिस