कोलकाताः दक्षिण २४ परगा जिल्लामा राजनीतिक उथल-पुथल रोकिने नाम लिइरहेको छैन। बासन्तीपछि कुलतलीमा सत्तारूढ़ पार्टी तृणमूल प्रत्याशीमाथि हमला भएको छ। उनीमाथि गोली हिर्काएको आरोप एसयूसीआईमाथि लागेको छ। यद्यपि, एसयूसीआईले आरोपहरूलाई खारेज गर्दै हमला तृणमूल गुटबाजीमा भएको दाबी गरेको छ। हमलामा घाइते तृणमूल नेतालाई गम्भीर अवस्थामा कोलकाताको एक निजी अस्पतालमा भर्ती गराइएको छ।
सोमवार साझँ कुलतलीको मेरीगंज क्षेत्रमा पञ्चायत चुनाउको निम्ति तृणमूल प्रत्याशी कुतुबुद्दीन घरामी प्रचार गर्न निस्केका थिए। उनी मेरीगंज १- ब्लक अन्तर्गत ग्राम पञ्चायत (जीपी) को निम्ति उम्मेदवार हुन्। कथित रूपमा चुनाउ प्रचारपछि राति कुलतली नजिक उनीमाथि गोली चलाइयो। खुट्टामा गोली लाग्दा उनी घाइते भएका छन्। पहिले उनलाई जामताला ग्रामीण अस्पताल लगियो। पछि उनलाई कोलकाताको अस्पतालमा भर्ती गराइएको छ। तृणमूल कांग्रेसले उम्मेदवारमाथि हमलाको पछाड़ी एसयूसीआईको हात रहेको आरोप लगाए।
-हिस