कोलकाताः दक्षिण २४ परगनाको भांगड़मा पञ्चायत चुनाउको निम्ति नामाङ्कन दर्ता गर्ने ८२ उम्मेदवारलाई मङ्गलवार कलकत्ता हाईकोर्टबाट झटका लागेको छ। न्यायमूर्ति देवांशु बसाकको खण्डपीठले अहिले यी उम्मेदवारहरूले चुनाउ लड्नु हुँदैन भनी स्पष्ट निर्देश दिएको छ। मामिलाको आगामी सुनवाई १५ दिनपछि गर्नेछ जब पञ्चायत चुनाउ भइसकेको हुनेछ।
वस्तुतः भांगड़का ८२ उम्मेदवारहरूले दाबी गरेका थिए, चुनाउ आयोगको वेबसाइटमा उनीहरूको नाम उम्मेदवारको रूपमा थियो तर पछि त्यसलाई हटाइयो। यस सम्बन्धमा चुनाउ आयोगले दाबी गरेको थियो कि नामाङ्कन पत्रमा भूल भएको कारण यिनीहरूको नामाङ्कन खारेज गरिएको छ। यस मामिलामा न्यायमूर्ति अमृता सिन्हाको एकल पीठले चुनाउ आयोगलाई जाँचको निर्देश दिएको थियो।
न्यायमूर्ति राजशेखर मन्थाले पनि यस मामिलामा पुलिसको भूमिकामाथि प्रश्न चिह्न खड़ा गरेका थिए, जस विरूद्ध राज्य चुनाउ आयोगले न्यायमूर्ति देवांशु बसाकको खण्डपीठमा याचिका लगाएको थियो। अब यही मामिलामा जस्टिस बसाकले भने, न्यायमर्ति सिन्हा र मन्थाले पुलिस र चुनाउ आयोगको भूमिकालाई लिएर अलग-अलग निर्देश दिएका छन्। यसैले यसमा विस्तारमा सुनवाई गर्ने आवश्यकता छ। यहाँ चुनाउ आयोगको तर्फबाट जुन उम्मेदवारहरूलाई बिना प्रतिद्वन्दिता विजयी घोषित गरिएको छ, त्यस फसेलामा हाईकोर्टले हस्तक्षेप गर्नछैन।
-हिस