बासन्तीमा तृणमूल कांग्रेसका अझ् एक नेतालाई गोली हिर्काइयो

00-1-Rajya-Samachar

कोलकाताः दक्षिण २४ परगना जिल्लाको बासन्ती क्षेत्रमा एक तृणमूल नेतालाई गोली हिर्काइएको छ। पश्चिम बंगालका राज्यपाल डा. सीवी आनन्द बोसले एक दिनअघि मात्र बासन्तीको हिंसा प्रभावित क्षेत्रको यात्रा गरी शान्तिको अपील गरेका थिए। उनी फर्किनसाथ सोमवार राति सत्तारूढ़ पार्टी तृणमूल कांग्रेसका एक नेतालाई गोली हिर्काइएको छ। उनी तृणमूल युवाका नेता हुन्।

पुलिस सूत्रहरू अनुसार, नफरगञ्जग्राम ग्राम पञ्चायतको चौरङ्गी क्षेत्रमा राति लगभग ११ बजी खगेन्द्र खुटिया नाम गरेका तृणमूल युवा नेता फर्किरहेका थिए। तब एउटा कार र चार-पाँच मोटरसाइकलमा सवार अज्ञात आक्रमणकारीहरूले उनलाई गोली हिर्काए। ५५वर्षीय खगेन्द्र गम्भीर रूपमा घाइते भएका छन्। उनको खुट्टामा गोली लागेको छ। उनलाई कोलकाताको एक निजी नर्सिङहोममा भर्ती गराइएको छ। मंगलवार बिहान उनले भने, उनी भोटर स्लिप लिएर स्थानीय तृणमूल नेताको घर गइरहेका थिए तब बाटोमा उनलाई घेरेर गोली हिर्काइयो।

स्थानीय मानिसहरूको दाबी छ, क्षेत्रमा भारतीय जनता पार्टी (भाजपा) र तृणमूलबीच लगातार संघर्षको घटनाहरू अघि आइरहेछ। यस हमलाको आरोप भाजपामाथि लागेको छ। यद्यपि, पार्टीले यस आरोपलाई खारेज गरेको छ र तृणमूल कांग्रेसको आपसी गुटबाजीमा हमला गरिएको दाबी गरेको छ। झारखाली कोस्टल थाना पुलिसले यस मामिलामा प्राथमिकी दर्ता गरी जाँच शुरू गरेको छ। पुलिस सूत्रहरू अनुसार, राजनीतिक कारणले हमला गरिएको हो या फेरि यसको पछाड़ी अन्य कुनै कारण छ, यसको जाँच भइरहेछ।

-हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement