दक्षिण २४ परगनाः पश्चिम बंगालमा सत्ताधारी पार्टी र विरोधी दलहरूबीच हिंसक घटना लगातार बढिरहेको छ। दक्षिण २४ परगना जिल्लाको भांगडमा सोमवार राति तृणमूल कांग्रेस र इण्डियन सेक्युलर फ्रण्ट (आईएसएफ) का कार्यकर्ताहरूबीच संषर्घको घटना घट्यो। यसावधि निकै बमबाजी भयो र क्षेत्रका धेरै घरहरूमा तोडफोड भए। सूचना पाउनसाथ ठूलो संख्यामा पुलिस घटना स्थलमा पुग्यो, तर पुलिसका जवानहरू निकै बेरसम्म क्षेत्रमा प्रवेश गर्न सकेनन्। तर अबेर राति पुलिस स्थितिलाई नियन्त्रित गर्न सक्षम बन्यो। उनीहरूको शिकायतमा पुलिसले आईएसएफ कार्यकर्ताहरूलाई खोजी-खोजी समातिरहेको छ।
उल्लेखनीय छ, पञ्चायत चुनाउको घोषणापछि दक्षिण २४ परगना जिल्लाका विभिन्न क्षेत्रमा लगातार हिंसाको खबर आइरहेको छ। जिल्लामा केन्द्रिय बल अगावै पुगिसकेको छ। उनीहरूकै सुरक्षामा आठ जुलाईमा मतदान हुनेछ।
-हिस