कोलकाताः मटियाब्रुज क्षेत्रमा सोमवार अबेर राति लुगाको गोदाममा भयावह आगो लाग्यो। अग्निशमन विभाग सुत्रहरू अनुसार, मटियाब्रुजको लुगा गोदाममा शर्ट सर्किटपछि आगो लाग्यो। स्थानीय मानिसहरूबाट सूचना पाएपछि अग्निशमन विभागको तीन गाडी घटना स्थलमा पुग्यो। लगभग एक घण्टाको अथक परिश्रमपछि आगोलाई नियन्त्रित गरियो। घटनामा कसैलाई चोटपटक लागेको सूचना छैन। लुगाको अधिक मात्राका कारण आगो तीव्र गतिमा फैलियो।
मङ्गलवार बिहानसम्म कूलिङको काम जारी थियो। छेउछाउका भवनहरूमा आगो नफैलियोस भनी स्थानीय मानिसहरूले पनि अग्निशमन विभागलाई मद्दत गरेको थियो। आगो लाग्नुको वास्तविक कारण पत्तो लगाउन अग्निशमन विभाग र पुलिसको एउटा संयुक्त टीम गठन गरिएको छ।
-हिस