कोलकाताः सत्तारूढ तृणमूल कांग्रेसले पश्चिम बंगालका राज्यपाल डा. सीवी आनन्द बोसद्वारा पञ्चायत चुनाउ प्रचार अवधि हिंसा प्रभावित क्षेत्रहरूको भ्रमण मन परेको छैन। पार्टीले राज्यपाल विरूद्ध चुनाउ आयोगमा लिखित पत्र सुम्पेके छ। उनीमाथि चुनाउ आदर्श संहिता उल्लंघनको आरोप छ।
पार्टीका राज्य अध्यक्ष सब्रत बख्सीले पत्रमा राज्यपालको निष्पक्षतामाथि पनि प्रश्न उठाएका छन्। यसमा भनिएको छ, राज्यपालले चुनाउ प्रक्रियामा हस्तक्षेप गरिरहेको छ। भ्रमण अवधि सरकारी गेस्ट हाउसमा बसेर भाजपा र अन्य विपक्षी पार्टीहरूका कार्यकर्तासॅंग भेट गरिरहेका छन्। यो आदर्श आचार संहिताको उल्लंघन हो। राजभवनमा उनले कण्ट्रोल रूम खोलेका छन्। यो पूर्ण रूपमा आदर्श आचार संहिताको उल्लंघन हो।
-हिस