नेपालमा सभामुखले डाके प्रमुख दलका नेतासँग बैठक, संसदीय समितिको नेतृत्व चाँडै चयन गर्ने सहमति

prtyn_375

काठमांडौँः नेपालका प्रमुख दलका शीर्ष नेताहरु र सभामुखबीचको बैठकले संसदीय समितिको नेतृत्व चयन गर्ने सहमति बनाएका छन्। मङ्गलवार सभामुख देवराज घिमिरेले बोलाएको मुख्य दलका नेताहरूसँगको बैठकले यस्तो सहमति बनाएको हो।बैठकमा सहभागी कानूनमन्त्री धनराज गुरुङले संसदीय समितिको नेतृत्व चयनका लागि प्रक्रिया अगाडि बढाउने सहमति भएको जानकारी दिए।

सभामख घिमिरेले दलहरूले सहमतिमा संसदीय समितिको नेतृत्व चयन नगरे निर्वाचन प्रक्रिया अगाडि बढाउने बताएपछि नेताहरु गम्भीर भएका हुन्। सभामाुख देवराज घिमिरेले बोलाएको बैठकमा प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, कानूनमन्त्री धनराज गुरुङ सहभागी थिए । नेपालमा २० नोभेम्बर २०२२ मा संसदको निर्वाचन भएपनि संसदीय समितिको नेतृत्व चयन हुन सकेको छैन । यसले संसदको कामकारबाहीको प्रभावकारितामा अवरोध आइरहेको छ।

-हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement