नेपालमा पहिरोले पुरिएर तीन बालबालिकाको मृत्यु

bethanchwok pahiro-kavre

काठमांडौँः नेपालमा पहिरोले पुरिएर तीन बालबालिकाको मृत्यु भएको छ। पश्चिम नेपालको अर्घाखाँची जिल्लामा विहान गएको पहिरोमा घर पुरिंदा दुई बालक र एक बालिकाको मृत्यु भएको। अर्घाखाँची जिल्ला प्रहरी कार्यालयले पाणिनी गाउँपालिकामा विहान ५ बजे पहिरो जाँदा घटना भएको जानकारी दिएको छ। घटनामा एक बालक घाइते भएका छन्।

घटना हुँदा घरका अन्य सदस्य भने बाहिर थिए। उनीहरु गोठमा काम गर्न गएका थिए। मृतक बालबालिका सुतिरहेको अवस्थामा पुरिएका थिए। नेपालमा वर्षायाम सुरु भएसँगै बाढी र पहिरोले जनधनको क्षति पुगिरहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement