लालू परिवार ”रबिनहुडको विपरीत अवतार” जसले गरीबहरूलाई लुट्छ: भाजपा

00-1-Rashtriya-Samachar-2

नयाँ दिल्लीः नोकरीको सट्टा जमीन घोटाला मामिलामा सीबीआईद्वारा दर्ता चार्जशीटमा आरजेडी प्रमुख लालू यादव, राबड़ी देवी र तेजस्वी यादवको नाम उल्लेख भएकोमा भारतीय जनता पार्टी (भाजपा)-ले लालू परिवारलाई लक्षित गरेको छ। आरजेडीका नेताहरूमाथि कटाक्ष गर्दै भाजपा प्रवक्ता शहजाद पूनावालाले उनीहरूलाई ‘रिभर्स रबिनहुड’-को संज्ञा दिएका छन्।

उनले भने, रबिनहुडले धनीहरूलाई लुटेर गरीबहरूको पालन-पोषण गर्दथ्यो। तर रबिनहुडको विपरीत अवतार भ्रष्टाचारमा लिप्त परिवारले गरीबहरूलाई लुट्छ। उनीहरूको जमीन हासिल गरेर आफ्नो गोजी भर्छ। छःसय करोड़ रुपियाँको घोटालामा लिप्त हुन्छ।

उल्लेखनीय छ, सीबीआईले बिहारका डिप्टी सीएम तेजस्वी यादव, पूर्व रेलमन्त्री लालू प्रसाद यादव, पूर्व मुख्यमन्त्री राबड़ी देवीविरूद्ध दिल्लीको विशेष अदालतमा आरोप पत्र दर्ता गराएको छ। सीबीआईले आरोप लगाएको छ, वर्ष २००४-२००९ -मा यूपीए सरकारमा लालू यादव रेलमन्त्री छँदा कुनै किसिमको विज्ञापन बिनै वा सार्वजनिक सूचनाका नियमहरूको उल्लंघन गर्दै आफूले रूचाएका मानिसहरूलाई रेलवेमा नियुक्त गरियो। रेलवेमा नोकरी दिइएको सट्टामा अभ्यार्थीहरूले प्रत्यक्ष- परोक्ष रूपमा लालू प्रसादको परिवारका सदस्यहरूलाई बजारको भाउभन्दा धेरै कम दरमा जमीन बेचेका थिए।

-हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement