नयाँ दिल्लीः उत्तराखण्डका मुख्यमन्त्री पुष्कर सिंह धामीले केन्द्रिय गृह एवं सहकारिता मन्त्री अमित शाहलाई काँवड़ यात्राका तयारी तथा चारधाम यात्रा बारे जानकारी गराए। धामीले केन्द्रिय गृहमन्त्री शाहसित गए सोमवार भएको भेटमा अबेर साँझसम्म अन्य विभिन्न मुद्दाहरूमाथि पनि चर्चा गरे।
मुख्यमन्त्री धामीले जोशीमठमा भइरहेका पुनर्वास कार्यहरूको जानकारी पनि दिए। धामीले भनेस यस वर्ष चारधाम यात्रीहरूको संख्याले पुराना सबै रेकर्डहरूलाई पछि पारेको छ। चारधाम यात्रालाई सुगम र सुरक्षित बनाइएको छ। उल्लेखनीय छ, सावनको शुरूआतसितै पवित्र कावँड़ यात्रा मंगलवारदेखि आरम्भ भएको छ।
-हिस