आगरा सड़क दुर्घटनामा मृतकहरूको संख्या बढ़ेर छः पुग्यो, मुख्यमन्त्रीद्वारा शोक प्रकट

00-1-Rashtriya-Samachar-2

आगरा/लखनऊः उत्तर प्रदेशको आगरा जिल्लामा गए सोमवार अबेर राती भएको सड़क दुर्घटनाका चार घाइतेमध्ये एकजनाको मंगलवार उपचारको क्रममा मृत्यु भएपछि अब मृतकहरूको संख्या बढ़ेर छः पुगेको छ। मुख्यमन्त्री योगी आदित्यनाथले उक्त दुर्घटनामा भएको जनहानिप्रति गहिरो दुःख व्यक्त गर्दै दिवंगतहरूको आत्मा शान्तिको कामना सहित शोक सन्तप्त परिवारप्रति सम्वेदना व्यक्त गरेका छन्।

पुलिसले बताए अनुसार आगरा जिल्लाको खेरागढ़ थाना क्षेत्रमा गए सोमवार अबेर राती एउटा तीव्र वेगको कारले ट्याम्पोमा ठक्कर दिएको थियो। यस घटनामा पाँचजनाको मृत्यु हिजो नै भएको थियो भने पाँचजना घाइते भएका थिए। चार घाइतेहरूमध्ये एकले मंगलवार बिहान अस्पतालमा अन्तिम श्वास लिए। मृतकहरूको पहिचान जय प्रकाश, तिनकी पत्नी ब्रजेश, छोरा सुमित, बृजमोहन शर्मा, मनोज शर्मा र ट्याम्पो चालक भोलाको रूपमा गरिएको छ। ब्रजेशको मृत्यु मंगलवार बिहान उपचारको क्रममा भएको छ।

पुलिसले कार सवार पिंकू र बनिया नामक दुई युवकलाई समातेको छ। युवकहरूसितको जाँचबुझमा थाहा लागेको छ कि अएला सैया निवासी बन्टीको कारमा सवार भएर उनीहरू खेरागढ़ गएका थिए। त्यहाँ उनीहरूले रक्सी पार्टी गरे। त्यसपछि नशामा धुत बन्टीले दुवैलाई गाउँमा छोड़ेर कार मार्फत घर फर्किरहेको थियो यसै क्रममा यो दुर्घटना घट्यो। घटनापछि बन्टी कारलाई छोड़ेर भागेका छन् जसलाई पुलिसले खोजिरहेको छ।

-हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement