गोरामुमो अध्यक्ष मन घिसिङद्वारा सोनादा टुंग समष्टिको प्रतिनिधिहरु संग भेटघाट

IMG-20230704-WA0177.jpg

सोनादा: गोरामुमो अध्यक्ष मन घिसिङले आज सोनादा टुङ समष्टि भ्रमण गरेका छन्। यसै क्रममा अध्यक्ष मन घिसिङले सोनादा भालुटारमा सोनादा क्षेत्रका सम्पूर्ण शाखा प्रतिनिधिहरुसंग भेटघाट गर्दै भलाकुसारी गरेका छन्। यसै क्रममा अध्यक्ष मन घिसिङद्वारा पञ्चायत चुनावमा खडा भएका उम्मेदवारहरुलाई पनि भेटघाट गरी शुभकामना दिइने कार्य गरेका थिए। यसै क्रममा पत्रकारहरुले सोधेका प्रश्नको जवाफ दिन्दै भने, दुई स्तरीय पञ्चायत चुनाव हुँदैछ हामी सकारात्मक सोच लिएर हिडेकाछौं। एसपी शर्माले गठबन्धन दलद्वारा जारी गरिएको संकल्प पत्र च्यातेको विषयमा सोधिएको प्रश्नको उत्तर दिन्दै भने, ‘म एसपी भाई लाई सुझाव दिन चहान्छु यसरी संकल्प पत्र, पोस्टर, झण्डा च्यात्नु हुँदैन। एउटा नराम्रो प्रकारको व्यवहार देखिन्छ। जनतामा नराम्रो प्रकारको सन्देश जाँन्छ। हुनु त च्यातेर केही पनि हुँदैन। यस्तो किसिमको व्यवहारले झगडा हुने र अशान्ति हुने सम्भावना हुन्छ ।एउटा तितोपन हुन्छ। एसपी शर्मालाई म सुझाव दिन चहान्छु सबैजना राम्रो प्रकारले अघि बडिरहेका छन्। अबदेखि यस्तो किसिमको व्यवहार नगरेको राम्रो हो। यस्तो कुराहरू हामीले सिकाउनु पनि हुँदैन भनी अध्यक्ष मन घिसिङले जनाएका छन्।

यसै क्रममा गोरामुमो अध्यक्ष मन घिसिङले गोराबारी लोवर चटकपुरमा पनि बैठक गरी कार्यकर्ताहरुलाई भेटघाट गरेका थिए। आजको भ्रमणमा गोरामुमो केन्द्रीय समिति प्रवक्ता वाई लामा, केन्द्रीय समिति सदस्य किशोर राई, अमर तामाङ, एचपीडब्ल्यु केन्द्रीय समिति अध्यक्ष बीके राई, समष्टिका प्रतिनिधिवर्ग उपस्थित रहेको पार्टीका मिडिया सेल प्रभारी दिनेस साम्पाङले जानकारी दिएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement