एससीओ समिटमा प्रधानमन्त्रीले वैश्विक चुनौती औ आतंकवादको मुद्दा उठाए, सहयोग बढ़ाउनेमाथि बल

00-1-Rashtriya-Samachar-2

नयाँ दिल्लीः प्रधानमन्त्री नरेन्द्र मोदीले मंगलवार शंघाई सहयोग संगठन (एससीओ)-को भर्चुअली आयोजित शिखर सम्मेलनको अध्यक्षता गरे। यस अवधि प्रधानमन्त्रीले विश्वमा मड़ारिरहेको खाद्य, तेल र उर्वरक संकटको मुद्दा उठाए भने अर्कोतिर आतंकवाद तथा चरमपन्थको जोखिमप्रति निर्णायक कारबाही गर्ने आह्वान गरे। उनले भने, हामीले मिलेर विचार गर्नुपर्छ कि संगठनको रूपमा हामीले मानिसहरूको अपेक्षा र आकांक्षाहरूलाई पूरा गरिरहेका छौं?, के हामी आधुनिक चुनौतीहरूको सामना गर्नका लागि सक्षम छौं?, के एससीओ एउटा यस्तो संगठन भइरहेको छ जो भविष्यको लागि पूर्णरूपले तयार छ?

आफ्नो प्रारम्भिक भाषणमा प्रधानमन्त्रीले भने, बितेको दुई दशकमा एशियाली क्षेत्रमा एससीओ शान्ति, प्रगति र विकासको महत्वपूर्ण मञ्च रहिआएको छ। यसलाई हामी केवल एउटा विस्तृत छिमेकको रूपमा मात्र नभएर एक विस्तृत परिवारको रूपमा पनि हेर्दछौं। उनले भने, भारतले एससीओमा सहयोगका पाँच नयाँ आयामहरू तयार गरेको छ जसमा स्टार्टअप र इनोभेशन, परम्परागत चिकित्सा, युवा सशक्तिकरण, डिजिटल समावेशन औ साझा बौद्ध विरासत सामेल छन्।

भारतले दुईवटा सिद्धान्त- वसुधैव कुटुम्बकम र सिक्योर (secure)-माथि आधारित प्रयासहरू गरिरहेको अवगत गराउँदै प्रधानमन्त्रीले अघि भने, भारतले विश्वलाई एउटा परिवारको रूपमा मान्दछ। साथै सुरक्षा, आर्थिक विकास, सम्पर्क, एकता, सम्प्रभुता एवं क्षेत्रीय अखण्डताको सम्मान र पर्यावरण संरक्षणमाथि केन्द्रित सोचलाई समर्थन गर्दछ।

प्रधानमन्त्रीले फेरि एक पटक आतंकवादबाट वैश्विक शान्तिलाई हुने जोखिमप्रति सबैको ध्यानकेन्द्रित गराउँदै यसमाथि निर्णायक कारबाही गर्ने आह्वान गरे। हामीले सीमामा आतंकवादलाई हतियारको रूपमा प्रयोग गर्ने देशहरूको आलोचना गर्नमा अलिकति पनि संकोच मान्नु हुँदैन। उनले अफगानिस्तानको विषय उठान गर्दै भने, भारत छिमेकी देशहरूमा समावेशी सरकार, महिला एवं बाल-बालिकाहरूका अधिकारहरूलाई समर्थन गर्दछ। भारतले यो कहिल्यै चाहँदैन कि अफगानिस्तान अन्य देशहरूमा अस्थिरताको कारण बनोस्।

यस अवसरमा प्रधानमन्त्रीले ईरानलाई नयाँ सदस्यको रूपमा एससीओमा सामेल भएकोमा बधाई दिए साथै बेलारूसलाई सामेल गर्नको लागि मेमोरेण्डम अफ् अब्लिगेशनमाथि हस्ताक्षर गरिएकोमा स्वागत जनाए। उनले भने, ईरान सामेल भएपछि अब भारतले चाबहार पोर्टलाई लिएर अझ उत्कृष्ट ढंगमा सहयोग गर्न सक्नेछ। प्रधानमन्त्री मोदीले एआई आधारित भाषागत मञ्च भाषिनीलाई सबैसित साझा गरेकोमा हर्ष व्यक्त गरे। यसबाट एससीओ देशहरूमा भाषासित सम्बन्धित बाधाहरू दूर हुनेछन्।

-हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement