पटना/बेगूसरायः प्रधानमन्त्री नरेन्द्र मोदीको दूरदर्शी सोचबाट गाउँ सहित गाउँवासीहरूको उत्थान भइरहेको छ। यसको लागि गिरिराज सिंह नेतृत्वाधिन ग्रामीण विकास मन्त्रालयले स्वयं सहायता समूहहरूको माध्यमबाट महिलाहरूको आर्थिक स्थितिमा सुधार ल्याउनको लागि नयाँ-नयाँ प्रयासहरू गरिरहेकोछ।
यसैको भागस्वरूप अब ग्रामीण विकास मन्त्रालयले स्वयं सहायता समूहका महिलाहरूको उत्पादलाई राष्ट्रीय बाजर उपलब्ध गराउने उद्देश्यले एउटा ठूलो प्रयास थालेको छ। ग्रामीण विकास मन्त्रालयको दीनदयाल अन्त्योदय योजना-राष्ट्रीय ग्रामीण आजीविका मिशन (डीएवाई-एनआरएलएम)-ले स्वयं सहायता समूहहरूका महिलाहरूद्वारा बनाइएका उत्पादहरूको बिक्रीको निम्ति मोबाइल ऐप लञ्च गरेक छ। स्वयं सहायता समूह (एसएचजी)-हरूका महिलाहरूद्वारा बनाइएका उत्पादहरूको बजारलाई सशक्त बनाउनमा ईएसएआरएएस मोबाइल ऐपले ई-कमर्सको पहलमा योगदान दिनेछ। ई-कमर्स मोबाइल ऐपको प्रयोग स्वयं सहायता समूहका महिलाहरूद्वारा उत्पादित उत्पादहरूलाई बिक्री गर्नको लागि अधिक प्रभावकारी मञ्चको रूपमा गरिनेछ।
यो सर्वोत्तम, प्रामाणिक हस्तशिल्प औ हतकर्घाको बजारको दिशामा ग्रामीण विकास मन्त्रालय (एमओआरडी)-को डीएवाई-एनआरएलएमद्वारा संकल्पित एउटा शुरूआत हो। गिरिराज सिंहको नेतृत्वमा महिलाहरूको आर्थिक प्रगतिको लागि लगातार काम गरिरहेका ग्रामीण विकास मन्त्रालयका अधिकारीहरूले यसलाई एउटा यस्तो शुरूआत बताएका छन् जसले जीविका दिदीहरूको उत्पादहरूलाई सहज बजार सहित भोकल फर लोकललाई पनि प्रेरित गर्नेछ।
मन्त्रालयको लक्ष्य छ, प्रत्येक एसएचजी परिवारसित आजीविकाको न्यूनतम दुई-तीन श्रोत होस्। गरीबहरूको आजीविकाका केही श्रोतहरूमध्ये गैर-कृषि उद्यम पनि एउटा हो। गैर-कृषि आजीविकामा मुख्य व्यवधान भनेको एसएचजी उत्पादहरूको लागि बजारसित सम्पर्कको प्रावधान हो। ई सरस ऐपको माध्यमबाट एसएचजी दिदीहरूद्वारा बनाइएका हस्तनिर्मित उत्पाद अब अधिकभन्दा अधिक ग्राहकहरूको हातमा सहजै रूपमा उपलब्ध हुनेछ।
डीएवाई-एनआरएलएमको रणनीति ई-सरस ऐप र पोर्टल जस्ता अनलाइन मार्केटिङ पहल तथा सरस मेला, सरस फूड फेस्टिभल जस्ता लोकप्रिय अन-ग्राउण्ड कार्यक्रम एवं अनलाइन, अन-ग्राउण्ड प्लेटफर्महरूमा गतिविधिहरूको क्रस-प्रमोशन गर्नु सहित चौतर्फी विकासको दृष्टिकोण अप्नाउनु हो। ई-सरस पूर्ति केन्द्र पनि शुरू गरिएको छ जसको प्रयोग ग्राहकहरूद्वारा ई-सरस पोर्टल र ई-सरस मोबाइल ऐपको माध्यमबाट खरिद गरिने उत्पादहरूको प्रसंस्करण, प्याकेजिङ तथा शिपिङको लागि गरिनेछ।
-हिस