जम्मूः ‘हिम बाबा’-को दर्शन गर्नको लागि अहिलेसम्मकै सबैभन्दा ठूलो दल मङ्गलवार जम्मूदेखि प्रस्थान भएको छ। जम्मूको भगवती नगर आधार शिविरबाट मङ्गलवार बिहान ६,५९७ श्रद्धालुहरूको पाँचौ दल २५३ वाहनहरूमा सवार भएर अमरनाथको पवित्र गुफातर्फ प्रस्थान भएका छन्।
मङ्गलवार जम्मूबाट ६,५९७ श्रद्धालुहरूमध्ये २१२२ श्रद्धालु ९३ वाहनहरूमा सवार भएर बालटाल मार्गको लागि अनि पहलगामको लागि १६० वाहनहरूमा सवार भएर ४,४७५ श्रद्धालुहरू प्रस्थान भएका छन्। बालटाल मार्ग भएर जाने २१२२ श्रद्धालुहरूमा १६८१ पुरूष, ४२१ महिला, १८ बाल-बलिका र दुई साधु सामेल छन्। पहलगामको लागि प्रस्थान हुने ४,४७५ श्रद्धालुहरूमा ३२९४ पुरूष, १००८ महिला, १५ बाल-बालिका, १४९ साधु तथा ९ साधवीहरू सामेल छन्।
-हिस