उपराष्ट्रपति जगदीप धनखड़ले माँ कामाख्याको आशीर्वाद ग्रहण गरे

00-1-Rashtriya-Samachar-2

गुवाहाटीः उपराष्ट्रपति जगदीप धनखड़ मङ्गलवार बिहान गुवाहाटी आइपुगेका छन्। हवाईअड्डामा उत्रेपछि उपराष्ट्रपति सोझै विश्वप्रसिद्ध शक्तिपीठ कामाख्या धाम तर्फ प्रस्थान भए। उनले शक्तिपीठमा माँ कामाख्याको आशीर्वाद ग्रहण गरे, त्यसपछि आईआईटी गुवाहाटीको लागि प्रस्थान भए। उपराष्ट्रपति आईआईटी गुवाहाटीमा आयोजित दुई कार्यक्रममा सामेल हुन यहाँका आएका हुन्।

आज बिहान हवाई मार्गबाट गुवाहाटी आइपुगेका उपराष्ट्रपति धनखड़लाई हवाईअड्डामा राज्यपाल गुलाब चन्द कटारिया, मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमा, सांसद क्वीन ओझा, मन्त्री अतुल बोरा, भाजपाका प्रदेश अध्यक्ष भवेश कलिता, मेयर मृगेन शरनिया औ वरिष्ठ पुलिस अधिकारीहरूले भव्य स्वागत जनाए।

-हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement