विम्बल्डनः स्तियातेक र नडाल दोस्रो राउण्डमा, सेरेना र बेनसिच बाहिर

२९ जूनः विश्वकी नम्बर एक महिला टेनिस खेलाड़ी इगा स्वियातेकले अल ईंग्ल्याण्ड क्लबमा जारी सालको तेस्रो ग्राण्ड स्ल्याम विम्बल्डन टेनिस च्याम्पियनशीपमा जीतको साथ अभियान शुरु गरिन्। पोल्याण्डकी खेलाड़ीले सेण्टर कोर्टमा खेलिएको म्याचमा क्रोएशियाकी क्वालीफायर जाना फेटलाई ६-०, ६-३-ले पराजित गरी लगातार ३६औं जीत हासिल गरिन्, जसमा फ्रेञ्च ओपनको सबै म्याच पनि सामेल छ। यो १९९७-मा मार्टिना हिंगिस (लगातार ३७ वटा जीत)-पछि महिला एकल वर्गमा सबैभन्दा लामो जीतको क्रम हो। फ्रेञ्च ओपनको फाइनलमा स्वियातेक विरुद्ध हारको सम्मुखीन हुने कोको गफले पनि जीतको साथ यात्रा शुरु गरिन्। अमेरिकाकी ११औं वरीयता प्राप्त युवा खेलाड़ीले रोमानियाकी एलेना गेब्रिएला रुसेलाई २-६, ६-३, ७-५-ले पराजित गरिन्।

फ्रेञ्च ओपन २०२१-को खिताब जित्ने चेक गणराज्यकी १३औं वरीयता प्राप्त बारबोरा क्रेइसिकोवाले बेल्जियमकी मेरीना जानेवस्कालाई ७-६, ६-३-ले पराजित गरी दोस्रो राउण्डमा स्थान पक्का गरिन्। अन्य प्रमुख खेलाड़ीहरूमा पाउला बाडोसा, मारिया सक्कारी, येलेना ओस्टापेंको र चीनकी शुआई झांग पनि अघि बढ्न सफल भइन्। यसबीच ओलम्पिक च्याम्पियन बेलिण्डा बेनसिच र लामो समयपछि खेलमा फर्किने अमेरिकाकी दिग्गज खेलाड़ी सेरेना विलियम्स चाहिँ उलटफेरको शिकार भइन्। स्विट्जरल्याण्जकी १४औं वरीयता प्राप्त बेनसिचलाई चीनकी कियांग वांगले ४-६, ७-५, २-६-ले पराजित गरिन्। यसरी नै २३ पल्टकी मेजर च्याम्पियन सेरेना विलियम्स पनि पहिलो राउण्डमै बाहिर भइन्। पूर्व नम्बर एक खेलाड़ी सेरेनालाई फ्रान्सकी खेलाड़ी हार्मोनी टेनले ७-५, १-६, ७-६-ले उलटफेरको शिकार बनाइन्। पहिलो राउण्डमै हार्ने अन्य वरीयता प्राप्त खेलाड़ीहरूमा स्विट्जरल्याण्डकी जिल टिचम्यान, अमेरिकाकी अमाण्डा अनिसिमोवा र कजाकिस्तानकी यूलिया पुतिनत्सेवा सामेल छिन्।
यसबीच पुरुष एकलमा पूर्व नम्बर एक खेलाड़ी तथा रेकर्ड २२ पल्टका मेजर च्याम्पियन रफायल नडालले चाहिँ पहिलो राउण्डको वाधा पार गर्न निक्कै मेहनत गर्नु पऱ्यो। विश्वका चौथो नम्बरका खेलाड़ी स्पेनका नडालले अर्जेण्टिनाका फ्रान्सिस्को सेरेण्डीनालाई ६-४, ६-३, ३-६, ६-४-ले पराजित गरे। यसबीच विश्वका १८औं नम्बरका खेलाड़ी बुल्गेरियाका ग्रिगोर दिमित्रोव चोटले गर्दा म्याच बीचमा छोड़्न वाध्य भए। खेल रोकिँदासम्म उनी अमेरिकी खेलाड़ी स्टीव जनसन विरुद्ध ६-४, २-५-ले पछि रहेका थिए। यसरी नै पुरुष एकलमा अमेरिकाका रेली ओपेल्का, अष्ट्रेलियाका एलेक्स डी मिनौर, अमेरिकाका जेनसन ब्रूक्सबी, अर्जेण्टिनाका सेबेस्टियन बेज र अष्ट्रेलियाका निक किर्गियोसले पनि जीतको साथ अभियान शुरु गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement