सिरपुरमा आयोजन हुने वर्ल्ड बुद्धिस्ट मीटिङको लागि दलाई लामालाई आमन्त्रण

00-1-Rashtriya-Samachar-2

रायपुरः सिरपुरमा आगामी ६ देखि ९ सेप्टेम्बरसम्म आयोजन भइरहेको वर्ल्ड बुद्धिस्ट मीटिङमा उपस्थिति दिनका लागि आध्यात्मिक बौद्ध धर्मगुरू दलाई लामालाई आमन्त्रित गरिएको छ। यो जानकारी सिरपुर विशेष क्षेत्र विकास प्राधिकरणका अध्यक्ष सतीश जग्गीले दिएका हुन्।

उनले बताए, मुख्यमन्त्री भूपेश बघेलले दलाई लामालाई महासमुंदको सिरपुरमा आयोजित वर्ल्ड बुद्धिस्ट मीटिङमा आमन्त्रित गरेका छन्। जग्गीले धर्मशालामा पुगेर दलाई लामासित भेटघाट गरी छत्तीसगढ़ आउनका लागि मुख्यमन्त्रीद्वारा पठाइएको निम्तो दिए।

उल्लेखनीय छ, महासमुंद जिल्लास्थित सिरपुर अन्तरराष्ट्रीय पर्यटन मानचित्रमा पौराणिक महत्वको कारणले आकर्षणको केन्द्रबिन्दु भएको छ। यहाँ विश्वप्रसिद्ध लक्ष्मण मन्दिर अवस्थित छ। राजधानी रायपुरदेखि ८५ किलोमीटर दूरत्वमा महानदीको किनारमा अवस्थित सिरपुर पाँचौंदेखि आठौं शताब्दिबीच दक्षिण कोशलको राजधानी थियो। सिरपुरमा अहिलेसम्ममा 10 बौद्ध विहार औ लगभग १० हजार बौद्ध भिक्षुहरूले अध्ययन गरेको साक्षी प्राप्त भइसकेको छ।

-हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement