खरसाङ: खरसाङ खण्ड अन्तर्गत शिवखोला ग्राम पञ्चायतको मालुटार र फागुटार क्षेत्रको बुथ नम्बर २४० मा रहेको दुईवटा सिटमा चारजना महिला प्रार्थीहरू चुनाव मैदानमा प्रतिद्वान्दिता गरिरहेका छन्। तीनधारे महानदी समष्टिको उत्तर पूर्वमा रहेको गाउँहरूमा रहेको बुथको दुईवटा सिटहरूमा दुई दुईजना महिला प्रार्थीहरूले चुनाव मैदानमा प्रतिद्वान्दिता गरिरहेका छन्। मालुटार र फागुटार क्षेत्रको २४० नम्बर बुथको एउटा सिटमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको प्रार्थी सृजना छेत्री अनि निर्दलीय प्रार्थीको रुपमा बिन्ध्या छेत्री रहेका छन् भने यसै बुथमा रहेको अर्को सिटमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाबाट मनिका तामाङ र निर्दलीय प्रार्थीको रूपमा डिक्की शेर्पा रहेका छन्। यस बुथका चारैजना प्रार्थीहरू पञ्चायत सदस्यको लागि प्रार्थीको रुपमा खड़ा भएका छन्। चारैजना प्रार्थीहरूले मालुटार, फागुटार, डाक बंगला, पाङ्ग्रे खोला र अन्य गाउँहरूमा बाटो, स्वस्थ्य सेवा र अन्य विभिन्न बुनियादी विकासको विषयहरू लिएर चुनावी मैदानमा उत्रेका छन्। विशेष गरी तीनधारे महानदी समष्टि अन्तर्गत रंगटङ्गदेखि सिपाहीधुरा, नरबुङ, शिवखोला, सिमरिङ ,मालुटार हुँदै महल्दीरामसम्म पुग्ने मुख्य सड़क निर्माणको कार्य पीडब्ल्युडीबाट भईरहेको छ। तर मालुटार, फागुटार क्षेत्रमा अन्य साना साना रोडहरू निर्माण हुन बाँकी नै देखिएको छ। यस क्षेत्रमा विकासको कार्यहरू हुन अझ आवश्यक देखिएको छ। यसको साथै यस क्षेत्रबाट आफ्नो पञ्चायत कार्यालयसम्मा पुग्नलाई १५-१६ किलोमीटरको दुरी तय गर्नु पर्ने हुन्छ। त्यसैले यस क्षेत्रमा रहेको दुईवटा सिटमा चारजना प्रार्थीहरूले यस क्षेत्रको बाटो, स्वस्थ्य सेवा र अन्य बुनियादी विषयहरूलाई लिएर चुनाव मैदानमा उत्रेका छन्। मालुटार र फागुटार क्षेत्रको बुथमा रहेको दुईवटा सिटका चारैजना प्रार्थीहरू क्रमैले भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको प्रार्थी सृजना छेत्री र मनिका राई अनि निर्दलीय प्रार्थीहरू क्रमैले बिन्ध्या छेत्री र डिक्की शेर्पाले पत्रकारहरूसित कुराकानी गर्दै विस्तृत रुपमा जानकारी गराएका छन्।