नयाँ दिल्लीः प्रधानमन्त्री नरेन्द्र मोदीले आज भीडियो कन्फ्रेन्सिङको माध्यमबाट आन्ध्र प्रदेशको पुट्टपर्थीमा नवनिर्मित साई हीरा ग्लोबल कन्भेन्शन सेन्टरको उद्घाटन गरे। यस उद्घाटन समारोहमा दुनियाँभरिका प्रमुख गणमान्य व्यक्ति औ श्रद्धालुहरू उपस्थित थिए। श्री सत्य साई सेन्ट्रल ट्रष्टले पुट्टपर्थीस्थित प्रशान्ति निलयममा अत्याधुनिक सुविधाहरूले परिपूर्ण यस सेन्टरको निर्माण गरेको छ।
प्रशान्ति निलयम श्री सत्य साई बाबाको मुख्य आश्रम हो। समाजसेवी श्रीरयुको हीराद्वारा प्रदत्त उक्त कन्भेन्शन सेन्टर सांस्कृतिक आदान-प्रदान, आध्यात्मिकता औ वैश्विक सद्भावलाई प्रेरित गर्ने दृष्टिकोणको एउटा प्रमाण हो। यहाँ विभिन्न पृष्ठभूमिका मानिसहरू एकसाथ भेला हुने, आपस्तमा जोड़िने तथा श्री सत्य साई बाबाका शिक्षाहरूको बारेमा बुझ्नको निम्ति एक उपयुक्त वातावरण प्रदान गर्दछ।
यसको विश्वस्तरीय सुविधा एवं आधार संरचनाहरूले सम्मेलन, सेमिनार तथा सांस्कृतिक कार्यक्रमहरूको आयोजनलाई सुविधाजनक बनाउनेछ जसबाट जीवनका सबै क्षेत्रहरूसित सम्बन्धित मानिसहरूबीच आपसी सम्वाद एवं ज्ञानमा वृद्धि हुनेछ। यस विशाल परिसरमा ध्यान कक्ष, शान्त उद्यान औ आवासीय सुविधाहरू पनि उपलब्ध छन्।
-हिस