नयाँ दिल्लीः केन्द्रियमन्त्री अनुराग ठाकुरले भने, जम्मू-कश्मीरले ७५ वर्षपछि आफ्नो अधिकार पाएको छ। अनुच्छेद ३७० –लाई निरस्त गर्नाले मानिसहरूमाझ भाइचारा बढ़ेको छ। पर्यटकहरूको संख्यामा वृद्धि आएको छ। आँकड़ाहरूबाट थाहा लाग्छ कि जम्मू-कश्मीरमा ढुङ्गा-मुड़ाका घटनाहरूमा ह्रास आएको छ।
उनले भने, यो मामिलामा अदालतमा विचाराधिन छ, यसैले यति मात्र भन्न चाहन्छु कि संसदका दुवै सदनले अनुच्छेद ३७० -लाई निरस्त गर्ने फसेलामाथि मोहर लगाएका थिए। उल्लेख्य, अनुच्छेद ३७०-लाई निरस्त गर्नको लागि चुनौती दिने याचिकाहरूमाथि सुप्रीम कोर्टको संविधान पीठले आगामी ११ जुलाईमा सुनवाई गर्नेछ।
महाराष्ट्रको राजनीतिक घटनाक्रमलाई लिएर ठाकुरले भने, केही दलहरू देशको विकासको निम्ति एनडीएमा सामेल हुन चाहन्छन्। एनसीपीले यसको निम्ति पहल गरेको छ। एनसीपी महाराष्ट्र मन्त्रीमण्डलमा सामेल हुनाले राज्यको विकासमा थप मद्दत पुग्नेछ। आगामी वर्ष २०२४- को लोकसभा चुनाउलाई ध्यानमा राख्दै एनडीएमा सामेल हुने यो राजनीतिक दलले देशको विकासको लागि केन्द्रमा एउटा सशक्त र स्थिर सरकार प्रदान गर्नेछ।
-हिस