एनआईएले महाराष्ट्रबाट आईएसआईएससित सम्बन्धित संदिग्धहरूलाई पक्राउ गऱ्यो

00-1-Rashtriya-Samachar-2

मुम्बईः राष्ट्रीय जाँच एजेन्सी (एनआईए)-ले महाराष्ट्रमा सक्रिय आईएसआईएस मड्यूललाई ध्वस्त बनाउँदै चार संदिग्धहरूलाई पक्राउ गरेको छ। स्थानीय पुलिसको सहयोगमा मंगलवार बिहान मुम्बई, ठाणे र पुणेमा गरिएको उक्त कारबाहीमा एनआईएले व्यापक मात्रामा डिजिटल प्रमाणहरू पनि जफ्त गरेको छ।

एनआईए सूत्र अनुसार महाराष्ट्रमा आईएसआईएसको बारेमा प्राप्त इनपुटको आधारमा मुम्बई, पुणे औ ठाणेका विभिन्न स्थानहरूमा छापामारी गरियो। यसै क्रममा मुम्बईको नागपाड़ा क्षेत्रबाट सेताबिश नासिर सिद्दीकी, पुणेस्थित कोंडवाबाट जुबैर नूर मोहम्मद शेख उपनाम अबू नुसैबा, ठाणेस्थित पड़घाबाट शरजील शेख र जुल्फिकार अली बड़ौदावालालाई पक्राउ गरिएको छ। एनआईएले यो कारबाही आईएसआईएस मड्यूल मामिलाको सम्बन्धमा महाराष्ट्रमा गत 28 जूनमा दर्ता मुद्दाको आधारमा गरेको हो।

सूत्रले बतायो, खोजी अभियान अवधि एनआईए टीमलाई इलेक्ट्रनिक उपकरणहरू, आईएसआईएससित सौझै सम्बन्धित कागज-पत्रहरू तथा पर्याप्त प्रमाण फेला परेको छ। जफ्त गरिएका सामग्रीहरूबाट संदिग्धहरूको आतंकवादी संगठनसित बलियो र सक्रिय सम्बन्ध रहेको खुलासा भएको छ। साथै आईएसआईएसको भारत विरोधी एजेण्डालाई अघि बढ़ाउनको लागि कमजोर युवाहरूलाई कट्टरपन्थी बनाउने प्रयासहरूको बारेमा पनि पत्तो लागेको छ। एनआईएले यस मामिलाको गहन जाँच गरिरहेको छ।

-हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement