भाजपाले यसपालि मध्यप्रदेशमा २०० भन्दा अधिक सीट हासिल गर्नेछ: नरोत्तम मिश्रा

00-1-Rashtriya-Samachar-2

मथुराः गए सोमवार अबेर साँझ मथुरा आइपुगेका मध्यप्रदेशका गृहमन्त्री नरोत्तम मिश्राले भने, यसपालि भाजपाले मध्यप्रदेशमा २०० भन्दा बढ़ी सीटमा जीत हासिल गर्नेछ। यस अवसरमा उनलाई भाजपा कार्यकर्ताहरूले भव्य स्वागत जनाए।

गृहमन्त्री मिश्रा सोमवार अबेर साँझ ट्रेन मार्फत मथुरा आइपुगेका थिए। यहाँबाट उनको लाँवा लस्कर वृन्दावनमा रंगनाथ मन्दिरको पूर्वी द्वार नजिकै अवस्थित गुरू जीको आश्रममा पुग्यो। यहाँ उनले आश्रमका महन्त गुरू बाल मुकुन्द महाराजको आशीर्वाद ग्रहण गरे। यस अवधि नरोत्तम मिश्राले भेंट पनि चढ़ाए। आश्रममा गुरू पूजन गरेपछि गृहमन्त्रीले केही समयसम्म सन्त बाल मुकुन्द महाराजसित अध्यात्ममाथि चर्चा गरे।

गृहमन्त्री मिश्राले पत्रकारहरूसितको बातचितमा भने, आगामी विधानसभा चुनाउमा भाजपा २०० भन्दा अधिक सीट हासिल गर्न सफल हुनेछ। मध्यप्रदेशमा भाजपाको पक्षमा वातावरण बनिएको छ। भाजपा विगत २० वर्षदेखि नै सत्तामा छ। यसपालि पनि परिवर्तनको कुनै सम्भावना छैन। गृहमन्त्री नरोत्तम मिश्राले महाराष्ट्रको राजनीतिक संकटमाथि भने, जसले आफ्नो घरलाई सम्हाल्न सकिरहेको छैन उसैले सीबीआई र ईडीको दुरूपयोग गरेको आरोप लगाइरहेको छ। महाराष्ट्र सरकारलाई समर्थन दिने अजीत पवार र उनका विधायकहरू विकासका पक्षधर हुन्।

-हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement